जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको छ :वामदेव गौतम – Himalayan Dainik

जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको छ :वामदेव गौतम


जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको छ :वामदेव गौतम

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको शासन प्रणाली नै गलत रहेको भन्दै उनले संसदबाट प्रधानमन्त्री चुनिएसम्म भ्रष्टाचार निर्मूल नहुने तर्क गरे। ‘हाम्रोमा शासन प्रणाली नै गलत छ। संसदबाट मन्त्री–प्रधानमन्त्री पठाउँदासम्म भ्रष्टाचार निर्मूल हुँदैन। जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘जमिन पनि व्यक्तिको नाममा गर्ने होइन लिजमा दिने व्यवस्था गर्नुपर्छ। यति गरियो भने आधा भ्रष्टाचार समाप्त हुन्छ।’