काठमाडौं – सरकारले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्बोडियामा आगलागीमा परेर निधन भएका पाण्डेको शव ल्याउन लाग्ने खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता विष्णु पौडेलले उनको शव ल्याउन लाग्ने खर्च जति लागे पनि सरकारले व्यहोर्ने बताए।