बिद्युत आपूर्तिमा भएको समस्याका कारण बिग्रेको मनकामना केबलकार आजदेखि पुन :सञ्चालनमा – Himalayan Dainik

बिद्युत आपूर्तिमा भएको समस्याका कारण बिग्रेको मनकामना केबलकार आजदेखि पुन :सञ्चालनमा


बिद्युत आपूर्तिमा भएको समस्याका कारण बिग्रेको मनकामना केबलकार आजदेखि पुन :सञ्चालनमा

चितवन – बिद्युत आपूर्तिमा भएको समस्याका कारण बिग्रेको मनकामना केबलकार आजदेखि पुन :सञ्चालनमा सञ्चालनमा आएको छ । केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो।

केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए। गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए ।

सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए। यही पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो।