पेट्रोलियम पदार्थको मूल्य घटाउन लिखित निर्देशन चाहिन्छ : निगम – Himalayan Dainik

पेट्रोलियम पदार्थको मूल्य घटाउन लिखित निर्देशन चाहिन्छ : निगम


पेट्रोलियम पदार्थको मूल्य घटाउन लिखित निर्देशन चाहिन्छ : निगम

काठमाडौँ – नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए ।

तर, पछिल्लो समय पेट्रोलियम पदार्थ कारोबार गर्दा केही नाफा देखिए पनि इण्डियन आयन कर्पोरसनको ११ अर्ब बक्यौता र सरकारको १२ अर्ब रुपैयाँ ऋण बुझाउनुपर्ने आर्थिक भार अझै भएकाले तत्काल मूल्य घटाउन नसक्ने अवस्था रहेको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।