तराईका धेरैजसो जिल्लामा शितलहर सुरु ,शितलहर अझै एक दुई दिन लम्बिन सक्ने सम्भावना रहेको मौसमविद्धको भनाई – Himalayan Dainik

तराईका धेरैजसो जिल्लामा शितलहर सुरु ,शितलहर अझै एक दुई दिन लम्बिन सक्ने सम्भावना रहेको मौसमविद्धको भनाई


तराईका धेरैजसो जिल्लामा शितलहर सुरु ,शितलहर अझै एक दुई दिन लम्बिन सक्ने सम्भावना रहेको मौसमविद्धको भनाई

काठमाण्डौ –  तराई मधेसका धेरैजसो जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहर अझै एकरदुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । यस्तै, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक छैन ।

अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । यो अवस्था अझै एकरदुई दिन रहिरहने अनुमान गरिएको उनले बताइन ।

शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।