प्रधानमन्त्री प्रचण्डद्धार पाल्पा दुर्घटनामा ज्यान गुमाएकाप्रति दु :ख व्यक्त – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्डद्धार पाल्पा दुर्घटनामा ज्यान गुमाएकाप्रति दु :ख व्यक्त


प्रधानमन्त्री प्रचण्डद्धार पाल्पा दुर्घटनामा ज्यान गुमाएकाप्रति दु :ख व्यक्त

काठमाण्डौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति दु :ख व्यक्त गरेका छन ।

बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

गएराति रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा एकै गाउँ(खुसार्ने) का ६ जनाको ज्यान गएको थियो । १८ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले ले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन सबैमा अपिल पनि गरेका छन ।