स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिन्छौँ :नेविसंघ अध्यक्ष शेर्पा – Himalayan Dainik

स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिन्छौँ :नेविसंघ अध्यक्ष शेर्पा


स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग  लिन्छौँ :नेविसंघ अध्यक्ष शेर्पा

काठमाडौं- नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिने बताएका छन । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयले ६ महिना अघि लिएको स्नातक तहको परीक्षा सबै आएपछि मात्रै नेविसंघले स्ववियु चुनावमा भाग लिने जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यलयले तीन वर्षे बीए कार्यक्रमको तेस्रो वर्षको, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन। सबै नतिजा नआई भर्ना खुलाएको भन्दै विद्यार्थीहरुले चर्को विरोध समेत गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको छ । तर नेविसंघ अध्यक्ष भने परीक्षा नतिजा नआई निर्वाचन कार्यतालिका सार्वजनिक नगर्न माग गरिरहेको बताएका छन ।