पानी नपरेका कारण देशभर प्रदुषण बढयो ,थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव – Himalayan Dainik

पानी नपरेका कारण देशभर प्रदुषण बढयो ,थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव


पानी नपरेका कारण देशभर प्रदुषण बढयो ,थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाण्डौ – पानी नपरेका कारण देशभर धुलो धुँवा बढ्दा प्रदूषण बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । काठमाण्डौ, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको महाशाखाले जनाएको छ ।

हावाको गुणस्तर सूचक मापन एयर क्वालिटी इन्डेक्श को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाण्डौ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सय ५३ रहेको छ । यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ ।

अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।