गुल्मीमा भीरबाट लडेर एकको मृत्यु – Himalayan Dainik

गुल्मीमा भीरबाट लडेर एकको मृत्यु


गुल्मीमा भीरबाट लडेर एकको मृत्यु

काठमाडौँ – गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. २ पीपलधाराकी ५२ वर्षीया शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको र निजको शवलाई बुधवार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।