प्रधानमन्त्री प्रचण्डद्धरा प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका संरचनाको अवलोकन – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्डद्धरा प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका संरचनाको अवलोकन


प्रधानमन्त्री प्रचण्डद्धरा प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका संरचनाको अवलोकन

काठमाडौं – प्रधानमन्त्री पुष्प कमलदाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए ।

यसैगरी, प्रधानमन्त्रीसले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे । मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए ।