सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले गरे आव्हान – Himalayan Dainik

सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले गरे आव्हान


सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले गरे आव्हान

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आव्हान गरेका छन् ।

प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि उनले सात दिनको समय सीमा राखेर आव्हान गरेका हुन् । मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

प्रदेश प्रमुख जोशीले हिजै आव्हान गर्ने तयारी गरेकोमा दलहरूको आग्रहपछि आज विज्ञप्ति निकालिएको हो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।

यहाँ कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।