एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने – Himalayan Dainik

एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने


एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने

काठमाडौं – एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई युवा संघले सम्मान गर्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा युवा संघले सम्मान गर्ने भएको हो ।

कार्यक्रम बुधवार ललितपुरको हिमालय होटलमा आयोजना हुनेछ ।

एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।

आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे जानकारी गराउने बुझिएको छ ।