स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : कोरोना बढ्न नदिनू – Himalayan Dainik

स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : कोरोना बढ्न नदिनू


स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : कोरोना बढ्न नदिनू

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमक फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले मंगलबार सचिवहरुलाई सिंहदरबारमा बोलाएर कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरू गर्न निर्देशन दिएका हुन्।

उनले कोभिड संक्रमण बढ्न नदिन आवश्यक कदम चाल्न र बुस्टर डोज खोप लागि आवश्यक खोपहरुको प्रबन्धन गर्न निर्देशन दिएका हुन।

प्रधानमन्त्री प्रचण्डले दिएको लिखित निर्देशनमा भनिएको छ, ‘हाल कोभिड १९ को संक्रमण पुनः क्रमशः बढ्न लागेको प्रकाशमा आएको । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरू गर्ने। बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला।’

यस्तै प्रधानमन्त्री प्रचण्डले चिसो मौसमका कारण तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा पर्ने असरलाई ध्यानमा राखी आवश्यक प्रवन्ध मिलाउन समेत निर्देशन दिएका छन्।