सांसदद्वय आले र राईले आज शपथ ग्रहण गर्दै – Himalayan Dainik

सांसदद्वय आले र राईले आज शपथ ग्रहण गर्दै


सांसदद्वय आले र राईले आज शपथ ग्रहण गर्दै

काठमाडौं – प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले शपथ ग्रहणआज गर्दैछन् । उनीहरुको शपथग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेका हुन् । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।

सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।

पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गरेका थिए ।