राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई निर्वाचन अयोगको सुझाव – Himalayan Dainik

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई निर्वाचन अयोगको सुझाव


राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई निर्वाचन अयोगको सुझाव

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक पदका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार छलफल गर्ने क्रमम यस्तो सुझाव दिएको हो ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्य समूहबाट राष्ट्रिय  सभामा लुम्बिनी प्रदेशसभाबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको असोज २३ गते राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्नुपर्ने भन्दै यस्तो सुझाव दिएका थिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि ५ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।