कर्मचारी तत्काल हेरफेर नगर्ने अर्थमन्त्रीको आश्वासन – Himalayan Dainik

कर्मचारी तत्काल हेरफेर नगर्ने अर्थमन्त्रीको आश्वासन


कर्मचारी तत्काल हेरफेर नगर्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौ – अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर्ने र काम हेरेर मात्र निर्णय लिने आश्वासन दिएको मन्त्रालयका एक सहसचिवले बताएका छन् ।

ती सहसचिवले भने, ‘मन्त्रीले तत्काल कुनै निर्णय नलिने तर कामको अवस्था हेरेर निर्णय गर्छु भन्नु भएको छ । यसो हुँदा केही समय कर्मचारीको काम हेर्लान् । अहिले नै कुनै कर्मचारीको सरुवा हुने देखिएको छैन ।’

समान्यतया मन्त्रालयमा मन्त्री फेरीएसँगै कर्मचारीको व्यापक हेरफेर हुदै आएको छ । विशेष गरी मन्त्रीले आफूलाई सहज हुने सचिव तथा सहसचिव ल्याउने र भइरहेकालाई अन्त पठाउने नेपालको अभ्यास पुरानै हो ।

अहिले अर्थमन्त्रीले विभिन्न भेट तथा समस्या सुनुवाइमा आफ्नो अधिकांश समय दिइरहेका छन् । यता पाँच दिनभित्र सार्वजनिक गर्नुपर्ने सरकारको न्युनतम साझा कार्यक्रमको लेखनमा संयोजकको भूमिकासमेत निभाइरहेका छन् ।