एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क – Himalayan Dainik

एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क


एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

काठमाण्डौ – एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फोन गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मुख्य ब्यालेन्सबाट फोन गर्दा अर्थात् ‘पेएजयूगो’को नयाँ महसुल आज आइतवार (पुस १७) देखि लागू भएको छ । यसअघि कुनै पनि नेटवर्कमा लोकल फोन गर्दा करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो ।

यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट दुई रुपैयाँ पाँच पैसामा कल गर्न सक्छन् । यसअघि यो शुल्क करसहित २ं रुपैयाँ ५२ पैसा रहेको थियो ।

ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग विना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।