विराटनगरलाई हराउँदै प्लेअफमा लुम्बिनी – Himalayan Dainik

विराटनगरलाई हराउँदै प्लेअफमा लुम्बिनी


विराटनगरलाई हराउँदै प्लेअफमा लुम्बिनी

काठमाडौं – विराटनगर सुपर किङ्सलाई १२ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्स जारी नेपाल टी-२० लिगको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । छैठौं जित निकालेको लुम्बिनी १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको लक्ष्य विराटनगरसामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर तीन बल बाँकी रँदा अलआउट हुँदै ११० रनमा सिमित भयो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले सबैभन्दा धेरै ४१ रन जोडे । उनले ४५ बल खेल्दै ४ चौका प्रहार गरे । गौरान्सु शर्मा १२ रन, पृथु बास्कोटा ११ रनमा आउट हुँदा विवेक यादव १९ रन जोड्न सफल भए त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।