प्रधानमन्त्रीको दाबी : अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुन्छ – Himalayan Dainik

प्रधानमन्त्रीको दाबी : अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुन्छ


प्रधानमन्त्रीको दाबी : अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुन्छ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गर्दै उनले अब पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै अब निजगढ विमानस्थल बनाउन लाग्ने बताए ।

उनले चीनसँग नाका जोडिएको नाका खोल्ने र रेलवे सञ्चालनको अध्ययन थालनी भएको बताए । आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय र समृद्धिको अभियानमा लाग्ने अठोट गरको सुनाए ।

पोखरामा विमानस्थल बनेपछि देशको आर्थिक विकासमा फड्को मार्ने बताए । गण्डकी प्रदेशकै जनप्रतिनिधिको रुपमा आफूले पोखरा विमानस्थलको उद्घाटन गर्न पाउदा आफूलाई खुसी लागेको बताए ।