गृह मन्त्रालयद्वारा राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन – Himalayan Dainik

गृह मन्त्रालयद्वारा राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन


गृह मन्त्रालयद्वारा राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन

काठमाडौँ – गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ पहल थालेको छ ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन पहल थालेको हो ।

मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको हो ।