नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताका लागि ३ जनाको मनोनयन – Himalayan Dainik

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताका लागि ३ जनाको मनोनयन


नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताका लागि ३ जनाको मनोनयन

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा अहिले सम्म ३ जनाले मनोनयन दर्ता गरेका छन् । प्रदेश १ को संसदीय दलको नेतामा उद्धव थापा, अमृत अर्याल र केदार कार्कीको मनोनयन दर्ता गरेको नेपाली कांग्रेस प्रदेश १ का उपसभापति तथा निर्वाचन समितिका संयोजक रमेशजङ रायमाझीले बताए ।

कांग्रेस प्रदेश १ दलको नेताका लागि ४ जना आकङ्क्षी रहेकोमा भीम पराजुलीले भने मनोनयन दर्ता नगर्ने भएका छन् । देउवा पक्षबाट भने अमृत अर्यालले मनोनयन दर्ता गराउने थापा समानुपातिक तर्फबाट प्रदेश सदस्य भएका हुन । उनी प्रदेश १ का सभापति समेत हुन ।

केदार कार्की भने अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६९२० बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रूपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रूपमा चिनिन्छन् ।

अर्याल भने मोरङ ५ (१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।