प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड – Himalayan Dainik

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड


प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड

काठमाडौं – प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् ।

प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले भने, ‘मैले हेर्ने गरेको अध्यक्ष प्रचण्डको व्यक्तिगत ट्वीटर हो । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको पनि छैन । कसले, किन अकाउन्ट लक्ड गर्यो हामी बुझ्दैछौं ।’