आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली – Himalayan Dainik

आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली


आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डौ – आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन पनि छ । अहिले काठमाण्डौ उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौसहित पहाडी जिल्लामा लागेको हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ ।

तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको हुस्सु कुहिरोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ । लगातार हुस्सु कुहिरो लागे पनि शीतलहर भने सुरु नभएको मौसमविद्ले बताएका छन् ।