जनमत पार्टीका अध्यक्ष भन्छन् : हामी सरकारमा जान्छौं – Himalayan Dainik

जनमत पार्टीका अध्यक्ष भन्छन् : हामी सरकारमा जान्छौं


जनमत पार्टीका अध्यक्ष भन्छन् : हामी सरकारमा जान्छौं

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् । ‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने ।

सरकारमा आफैं जानेरनजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।

मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।