नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै – Himalayan Dainik

नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै


नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै

काठमाण्डौ – बङ्लादेशमा भइरहेको २३ वर्षमुनिको एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ ।

नेपालले तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्न लागेको हो । यसअघि लिग चरणको खेलमा नेपाललाई श्रीलङ्काले हराएको थियो ।

हिजो भएको सेमिफाइनलमा आयोजक बङ्लादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।