उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गयो – Himalayan Dainik

उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गयो


उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गयो

एजेन्सी  – उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजीवन प्रभावित भएको छ । अमेरिकामा ३४ जनाको ज्यान गएको छ । जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्युयोर्क रहेको छ ।

न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ । त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ । बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको ज्यान गएको छ ।