प्रदेश-१ को सपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषा शपथ लिने – Himalayan Dainik

प्रदेश-१ को सपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषा शपथ लिने


प्रदेश-१ को सपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषा शपथ लिने

विराटनगर- प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा सपथग्रहण गर्ने भएका छन् ।

प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पदतथा गोपनियताको सपथग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

प्रदेशसभा सचिवालययका अनुसार पाँचथर १(१)बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, इलाम १(१)बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी०का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२)बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले यक्थुङ(लिम्बू) भाषामा सपथ लिनेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध आग्रह गरेको थियो । जसपा पाँच जनाले मातृभाषामा सपथग्रहण गर्ने जानकारी गराएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे सपथग्रहण गराउनेछन् ।

मण्डलले साढे १ बजे प्रदेशसभा भवनमा अन्य सदस्यलाई शपथ गराउनेछन् । सपथग्रहणका लागि सबै तयारी पुरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।