प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि – Himalayan Dainik

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि


प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन । प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा। अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।

तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिइ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । त्यसको समयसीमा आजै बेलुकी ५ बजे सकिएको हो । त्यो समयसीमा अघि नै प्रचण्डले तीन स्वतन्त्रसहित एक सय ६९ सांसदको समर्थनमा दाबी पेस गरेका थिए ।