निधिले भेटे ओली र प्रचण्डलाई, सरकारको पहिलो चरणको नेतृत्वमा प्रचण्डको दाबी कायमै – Himalayan Dainik

निधिले भेटे ओली र प्रचण्डलाई, सरकारको पहिलो चरणको नेतृत्वमा प्रचण्डको दाबी कायमै


निधिले भेटे ओली र प्रचण्डलाई, सरकारको पहिलो चरणको नेतृत्वमा प्रचण्डको दाबी कायमै

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

शनिबार बेलुका एमाले अध्यक्ष ओलीलाई भेटेका निधिले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवै भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले बतायो ।

निधिले माओवादी अध्यक्ष प्रचण्डसँग पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसलाई छाड्न आग्रह गरेका थिए । तर प्रचण्डले भने पहिलो चरणमा आफूले नेतृत्व गर्न पाउनु पर्ने पुरानै अडान दोहोर्‍याएका थिए ।

निधिले ओली र प्रचण्डसँगको भेटमा भएका कुराकानीबारे आज बिहान बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा जानकारी गराएका थिए ।

कांग्रेस नेताहरुको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक राखिएको छ । बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ ।