युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर माथि पुगिँदैन : गगन थापा – Himalayan Dainik

युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर माथि पुगिँदैन : गगन थापा


युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर माथि पुगिँदैन : गगन थापा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन ।

शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले आहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताए ।

उनले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताए । उनले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताए । उनले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए ।

महामन्त्री थापाले निन्दक बन्नु युवाहरुका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने पनि उल्लेख गरे । उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरुको सही सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए।