सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा – Himalayan Dainik

सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा


सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं – सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन्।

साथै कार्यक्रममा सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको पनि सहभागिता रहनेछ।मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।