राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा – Himalayan Dainik

राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा


राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताए ।

सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने उनले बताए । तर त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ ।’