सर्वाधिक मत ल्याएर विजयी ओली सम्मानित – Himalayan Dainik

सर्वाधिक मत ल्याएर विजयी ओली सम्मानित


सर्वाधिक मत ल्याएर विजयी ओली सम्मानित

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो ।

झापा– ५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन् ।

सोही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई सामूहिक रुपमा अभिनन्दन गरिएको छ ।