माओवादी रुपन्देही इञ्चार्ज खानले दिए राजीनामा – Himalayan Dainik

माओवादी रुपन्देही इञ्चार्ज खानले दिए राजीनामा


माओवादी रुपन्देही इञ्चार्ज खानले दिए राजीनामा

बुटवल – नेकपा माओवादी केन्द्रका रुपन्देही इञ्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रीय इञ्चार्ज हकिकुल्लाह खानले पदबाट राजीनामा दिएका छन्।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट रुपन्देहीमा प्रत्यक्षतर्फ एकजना पनि उम्मेदवार विजय गराउन नसकिएको भन्दै खानले राजीनामा दिएका हुन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खानले प्रतिनिधिसभा र प्रदेशसभामा एक जना पनि प्रतिनिधित्व गराउन नसकिएको र समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेकाले आफूले राजीनामा दिएको बताएका छन्।

प्रतिनिधिसभामा मुस्लिम क्लष्टरसमेत गुमेकाले नेकपा माओवादी केन्द्र रुपन्देहीको इञ्चार्ज र मुस्लिम मुक्ति मोर्चा केन्द्रीय इञ्चार्ज पदमा रहिरहन नैतिकताले नदिएको उनको भनाइ छ। खान पूर्व भूमिसुधार राज्य मन्त्रीसमेत हुन्।