‍औद्योगिक क्षेत्रको भाडावृद्धि कार्यान्वयन नगर्न उद्योगीको माग – Himalayan Dainik

‍औद्योगिक क्षेत्रको भाडावृद्धि कार्यान्वयन नगर्न उद्योगीको माग


‍औद्योगिक क्षेत्रको भाडावृद्धि कार्यान्वयन नगर्न उद्योगीको माग

काठमाडौं – नेपाल ‍औद्योगिक क्षेत्र उद्योग महासंघले ‍औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले भाडावृ‌द्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने चुनौती दिएको हो ।

‘उद्योगीसँग समन्वय नगरी २०७५ सालमा बढेको भाडा कार्यान्वयन गर्न पाइँदैन,’ महासंघका अध्यक्ष रामहिरा पाठकले भने, ‘हामी आन्दोलित छौं यसको अवमूल्यन गरे गम्भीर मूल्य चुकाउनु पर्छ ।’

महासंघले भाडावृद्धि औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दावी पनि गरेको छ । भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने पनि महासंघले जनाएको छ ।