‘सिमुलेसन ‘विज्ञान प्रदर्शनी ‘२०२२’सुरु – Himalayan Dainik

‘सिमुलेसन ‘विज्ञान प्रदर्शनी ‘२०२२’सुरु


‘सिमुलेसन ‘विज्ञान प्रदर्शनी ‘२०२२’सुरु

काठमाडौं – सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ।

होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए।​ होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए।

साथै अन्तर क्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ। प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ। जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरूलाई विषय बुझ्नका लागि थप सहयोग हुने अपेक्षा गरिएको छ।

त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा थापाले जानकारी दिइन्। यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरूले फाइदा लिन सक्ने थापाले बताइन्।

उक्त मेलामा विद्यार्थीका अभिभावकले पनि उक्त विषयमा जानकारी लिन पाइने, सिकेका कुराहरू अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको थापाले बताइन्।