माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै – Himalayan Dainik

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डौ – माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रले आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडा पदाधिकारीको बैठक बोलाएको हो ।

बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ ।

माओवादीमा संसदीय दलको नेता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने निश्चित छ । अध्यक्ष प्रचण्डले भावी सरकारको प्रधानमन्त्रीका रुपमा दाबी गर्दै आएका छन ।