पूर्वी पहाडी क्षेत्रमा बादल, फाट्टफुट्ट पानी पर्ने सम्भावना – Himalayan Dainik

पूर्वी पहाडी क्षेत्रमा बादल, फाट्टफुट्ट पानी पर्ने सम्भावना


पूर्वी पहाडी क्षेत्रमा बादल, फाट्टफुट्ट पानी पर्ने सम्भावना

काठमाण्डौ –  देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । तर, सक्रिय नभएकाले यसको प्रभाव खासै पर्ने सम्भावना छैन ।

पूर्वी पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँस घाम लाग्ने मौसमविद्ले बताएका छन् ।