दाईजोविरुद्धको कसुरमा पंकज चौधरी पक्राउ – Himalayan Dainik

दाईजोविरुद्धको कसुरमा पंकज चौधरी पक्राउ


दाईजोविरुद्धको कसुरमा पंकज चौधरी पक्राउ

जनकपुरधाम –  दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।

मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।

नेहाले दिएको दाईजोविरुद्धको जोहरी आधारमा उनलाई पक्राउ गरेको डिएसपी पोखरेलले बताए ।

यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धि उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।

दाइजोविरुद्धको कसुरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच समाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहारको परिवारले खर्च गरेका थिए ।

विहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कुटपिट तथा यातना दिइरहेको नेहाको आरोप छ ।