सरकारमा जानेबारे सोचिसकेका छैनौं : केसी – Himalayan Dainik

सरकारमा जानेबारे सोचिसकेका छैनौं : केसी


सरकारमा जानेबारे सोचिसकेका छैनौं : केसी

काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले आगामी सरकारमा सहभागी हुने नहुने बारेमा अहिले नै केही नसोचेको जनाएको छ।

अध्यक्ष चित्रबहादुर केसीले आगामी सरकारमा सहभागी हुनेबारे पार्टीमा कुनै छलफल नभएको बताए।

‘चुनाव सकिएपछि अहिले हामीले सरकारमा जाने नजानेबारेमा केही सोचेको छैनौँ, उनले  भने, समय आएपछि यसबारे निर्णय गर्छौँ।’

अन्य दलहरूले सरकार बनाउने रस्साकस्सीमा लागिरहेको बेला जनमोर्चा भने त्यसबारे कुनै तयारीमा लागेको छैन ।

अध्यक्ष केसी यसपटक बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्यूठानमा उपाध्यक्ष दुर्गा पौडेल पराजित भएसँगै यसपटक पनि जनमोर्चा प्रतिनिधिसभामा एक सिटमा सीमित भएको छ ।