चितवनमा गैंडाको आक्रमणबाट स्कुल जाँदै गरेकी किशोरी घाइते – Himalayan Dainik

चितवनमा गैंडाको आक्रमणबाट स्कुल जाँदै गरेकी किशोरी घाइते


चितवनमा गैंडाको आक्रमणबाट स्कुल जाँदै गरेकी किशोरी घाइते

काठमाडौँ – चितवनमा गैंडाको आक्रमणमा परेर स्कुल जाँदै गरेकी एक किशोरी घाइते भएकी छन् । भरतपुर महानगरपालिका-१६ सिद्धी गणेश मन्दिरअगाडि हिजो (आइतबार) बिहान विद्यालय जाँदै गरेकी किशोरीमाथि गैंडाले आक्रमण गरेको थियो ।

बिहान ६:५५ बजे विद्यालय जाँदै गरेकी भक्कु गुरुङको छोरी १६ वर्षीया कृतिका गुरुङ्लाई जंगलबाट निस्केको गैंडाले एक्कासी आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट उनको बायाँ हात र तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले भरतपुरस्थित सरकारी अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।