सुन चाँदीको भाउ सामान्य घट्यो – Himalayan Dainik

सुन चाँदीको भाउ सामान्य घट्यो


सुन चाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको एक लाख पाँच सय रुपैयाँ थियो । यस्तै, चाँदी आज एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।