राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त – Himalayan Dainik

राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त


राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गरेकी छिन ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा(१) बमोजिम वासुदेव मिश्रलाई माल्दिभ्स र कैलाशराज पोखरेललाई न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि वासुदेव श्रीलंका र पोखरेल अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत थिए ।