सडक कालोपत्रे गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी – Himalayan Dainik

सडक कालोपत्रे गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी


सडक कालोपत्रे गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी

काठमाडौँ –  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

नगरपालिका कार्यालय अगाडिको सडक कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

पालिकाको थली क्षेत्रमा रहेको सडकमा कालोपत्रे नभएको स्थानीय गुनासो छ ।

लामो समयदेखि सडक कालोपत्रे नहुँदा धुलोको समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ ।