पत्रकार प्रकाश सिलवालको नेतृत्वमा सार्क जर्नालिस्ट फोरमको ११ सदस्यीय सचिवालय गठन – Himalayan Dainik

पत्रकार प्रकाश सिलवालको नेतृत्वमा सार्क जर्नालिस्ट फोरमको ११ सदस्यीय सचिवालय गठन


पत्रकार प्रकाश सिलवालको नेतृत्वमा सार्क जर्नालिस्ट फोरमको ११ सदस्यीय सचिवालय गठन

काठमाडौँ – पत्रकार प्रकाश सिलवालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ । दक्षिण एसियाली श्रमजिवी पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिस्ट फोरम नेपाल च्याप्टरले उक्त समिति गठन गरेको हो ।

फोरम नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको अध्यक्षतामा बैठक बसिएको थियो । वैठकबाट गठित सचिवालयको अध्यक्षमा प्रकाश सिलवाल रहेका छन् भने संगठन विभाग प्रमुखमा रूपेश आचार्य रहेका छन् ।

प्रचार प्रसार विभागमा रत्नकाजी महर्जन, आर्थिक विभागमा सुरेन्द्रभक्त श्रेष्ठ रहने छन् भने अन्य सदस्यहरुमा कविता थापा, नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन र माधव तिवारी रहेका छन् । बाँकी पाँच सदस्य पछि नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले भारतको राजधानी नयाँ दिल्लीमा आगामी जनवरी १० देखि ११ सम्म आयोजना हुने सार्क जर्नालिजम कन्फ्रेन्समा नेपालका तर्फबाट सक्रीयता पुर्वक भागलिने र त्यसका लागि आवश्यक संयोजन र पुर्वतयारी गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाल च्याप्टरको संस्थागत सबलीकरणका लागि श्रोतको पहिचान र परिचालन गर्ने निर्णय समेत गरेको छ ।