कपडा पसलमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँको क्षति – Himalayan Dainik

कपडा पसलमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँको क्षति


कपडा पसलमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँको क्षति

धनुषा – धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट कपडा तथा रेडिमेट सामान जलेका छन् ।

आगलागीबाट झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ ।