भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अख्तियार प्रतिबद्ध छ : प्रमुख आयुक्त राई – Himalayan Dainik

भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अख्तियार प्रतिबद्ध छ : प्रमुख आयुक्त राई


भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अख्तियार प्रतिबद्ध छ : प्रमुख आयुक्त राई

काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताएका छन ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीमाथि तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको पनि बताए। उनले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पारे ।
उनले भने, ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा र कार्यान्वयन मूल्याङ्कनका लागि भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी छ । आयोगले भ्रष्टाचारविरुद्धको कार्यको अनुसन्धान र अभियोजनलाई अझै प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको छ । साथै भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताए