काठमाण्डौवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्रीको प्रतिबद्धता – Himalayan Dainik

काठमाण्डौवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्रीको प्रतिबद्धता


काठमाण्डौवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्रीको प्रतिबद्धता

काठमाण्डौ – खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमा भए पनि काठमाण्डौवासीलाई बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाएका छन ।

आज शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाण्डौवासीलाई अस्थायीरूपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाएका हुन । उनले मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) ले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए ।

उनले भने, ‘अस्थायीरूपमा भए पनि काठमाण्डौवासीलाई मेलम्चीको पानी खुवाउँछु । दीर्घकालीनरूपमा यसको समस्या समाधानका लागि एडीबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ र दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ । भूक्षय भएको ठाउँमा त्यसको रोकथाम कसरी गर्ने रु कसरी संरचना सुरक्षा गर्ने रु स्थायीरूपमा समाधान गर्न कसरी अघि बढ्ने भन्नेबारेमा पनि सोचिरहेका छौँ ।’

मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडीबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रै महिना नै काठमाण्डौवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे । उनले काठमाण्डौवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रूपमा वर्षाको बेलामा बाग्मतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेन्ट प्लान्टु मा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरि अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको तथा काम पनि भइरहेको बताए ।

मन्त्री चौधरीले आउँदा दिनमा काठमाण्डौमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाण्डौवासीले कसैको मुख हेर्न नपर्ने बताए ।