समानुपातिक सांसद छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित – Himalayan Dainik

समानुपातिक सांसद छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित


समानुपातिक सांसद छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए। एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरुलाई निर्देशन दिइसकेको छ।