युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्छौं : पुटिन – Himalayan Dainik

युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्छौं : पुटिन


युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्छौं : पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ ।

जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।

छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले सुरु गर्यो ?, पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।